शुक्रबार बढ्यो सुनको मूल्य

हेटौंडा टुडे
२०८२ पुष २५, शुक्रबार ११:११ गते

हेटौंडा । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको हो ।

यससँगै आज सुनको मूल्य तोलाको २ लाख ६७ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला छापावाला सुनको भाउ तोलामा २ लाख ६५ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको मूल्य भने तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय  ८० रुपैयाँमा आइपुगेको छ।  हिजो चाँदी तोलामा ४ हजार ८ सय ३५ रुपैयाँमा किनबेच भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*