हेटौँडामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

हेटौंडा टुडे
२०८२ माघ ५, सोमबार १४:४० गते

हेटौँडा ।  मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकको बिहान मृत्यु भएको छ। हेटौँडा-१५ नयाँ बस्ती नजीक पूर्व पञ्चिम सडक खण्डअन्तर्गत  मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिदा एकजनाको मृत्यु भएको हो।

अमलेखगन्जबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना ८ ख २४९७ नम्बरको ट्रकले गलत साइड च्याप्ने क्रममा विपरीत दिशाबाट जाँदै गरेको प्र.३–०३–००१ प ८८६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका–३ बसामाडीका ३७ वर्षीय देवेन्द्र भण्डारीको मृत्यु भएको हो । भण्डारीको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो ।

ट्रकले गलत साईड च्यापेकाले मोटरसाइकल सडक किनारामा पल्टिन पुगेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । ट्रक चालक मकवानपुर थाहा नगरपालिका–२ का ३२ वर्षीय सुनिल ढकाललाई इलाका प्रहरी चौकी रातोमाटेले नियन्त्रणमा लिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*