भीमफेदी कारागार र बाल सुधार गृहबाट भागेका तीन कैदीबन्दी पक्राउ

हेटौंडा टुडे
२०८२ माघ १९, सोमबार ११:३६ गते

हेटौंडा । जेन्जी आन्दोलनका क्रममा भीमफेदी कारागार र बालसुधार गृह हेटौंडाबाट फरार भएका तीन जना कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भिमफेदी कारागारबाट फरार भएका जर्वजस्तीकरणी मुद्दाका मकवानपुरको बागमती गाउँपालिका– कैलेडाँडाका ३० वर्षीय मुन्ना स्याङतान, लागुऔषध मुद्दाका हेटौंडा उपमहानगरपालिका–७ हरियाली घर भएका २२ वर्षीय बिशाल गोलेलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको हो ।

गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा भीमफेदी कारागारबाट विभिन्न मुद्दा तथा बालसुधार गृह हेटौँडाबाट फरार भएका एक बालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा शनिबार र आइतबार (माघ १७ र १८ गते) फेला पारी नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका सबैलाई पुनः भिमफेदी कारागार र बालसुधार गृह हेटौंडामा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

जेनजी आन्दोलनका क्रममा भीमफेदी कारागारको पर्खाल फुटाएर ४ सय ४० जना कैदीबन्दी भागेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*