हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश उपसभापति दिनेश हुमागाईले राजीनामा दिएका छन् । बागमती प्रदेशका उपसभापति एवम् २०७९ को निर्वाचनमा काभ्रेबाट प्रत्यक्ष उम्मेदवार बनेका हुमागाईले पार्टी महामन्त्रीलाई राजीनामा बुझाएका हुन् ।
राजीनामा पत्रमा उनले पार्टीप्रति चर्को असन्तुष्टि जनाएका छन्। उम्मेदवार छनोटमा चलखेल, केन्द्रीय संरचना विस्तारमा अपारदर्शिता, सदस्यता तथा आर्थिक व्यवस्थापनमा गम्भीर प्रश्न, विधान उल्लघंन र आन्तरिक लोकतन्त्रको समाप्ति, प्रदेशको अन्तिम तहको आवाजको वेवास्ता, नेतृत्वमाथि नैतिक प्रश्न, पार्टीको संरचनागत विकृति र निजी स्वार्थलगायत उनले राजीनामा दिनुका सात आधार उल्लेख गरेका छन् ।
हुमागाईँले उम्मेदवार छनोट प्रक्रिया विधान, मापदण्ड र आन्तरिक लोकतन्त्रविपरीत सञ्चालन गरिएको आरोप पनि लगाएका छन्। वर्षौँदेखि पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाई अन्य दलबाट आएका व्यक्तिहरूलाई प्राथमिकता दिइएको उनको उनको भनाइ छ ।




















