हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार ९८७ रहेको बताएको छ ।फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा लामिछाने चितवन–२ बाट विजयी भएका थिए ।
निर्वाचन आयोगमा बुझाएको विवरणमा यस्तो उल्लेख गरिएको छ ।
मनोनयन दर्ता खर्च १० हजार, नमुना मतपत्र छपाई ६८ हजार १६१, हवाई खर्च १३ हजार ६२६ र गोष्ठी भेला एक लाख ८० हजार रहेको निर्वाचन आयोगमा बुझाइएको विवरणमा उल्लेख छ ।

सेयर गर्नुहोस्


















