हेटौंडामा भइरहेको बृहत दोस्रो खेलकुद, कृषि तथा पर्यटन महोत्सवमा आज यी कलाकारहरु आउने

हेटौंडा टुडे
२०८२ चैत्र १, आईतवार ११:३७ गते

हेटौंडा । हेटौंडामा भइरहेको बृहत दोस्रो खेलकुद, कृषि तथा पर्यटन महोत्सवमा चैत १ गते (आज) र्‍यापर जिबब, गायिका तथा उद्घोषक उमा देवी खनाल र लोक गायिका बालिका तामाङ आउने भएउने भएका छन्। मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडा १० स्थित टिसिएनको चौरमा महोत्सव भइरहेको छ। महोत्सव फागुन २९ गते देखि चैत १४ गते सम्म हुनेछ।

महोत्सवमा राष्ट्रिय महिला भलिबल, राष्ट्रिय तेक्वान्दो, जिल्लास्तरीय पुरुष भलिबल, ब्याडमिन्टन र कराँते प्रतियोगिता, १० किलोमटिर महिला तथा पुरुष दौड प्रतियोगिता हुनेछ ।

महोत्सवमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन समेत हुने बताइएको छ । महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारबाट सांगीतिक प्रस्तुति समेत रहनेछ। त्यसैगरी, महोत्सवमा ४ सयवटा व्यावसायिक स्टल रहने र महोत्सवमा खेल, व्यापार, कृषि र पर्यटनलाई एउटै थलोमा जोड्ने उद्देश्य राखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*