कान्तिलोकपथमा ट्रक दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

हेटौंडा टुडे
२०८२ चैत्र ११, बुधबार १०:५२ गते

हेटौंडा ।  मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित कान्तिलोकपथ सडकखण्डमा आज बिहान भएको ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।

हेटौंडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ८७६० नम्बरको आइचर ट्रक बिहान करिब २:५० बजे अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किएपछि करिब १००–१५० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो। दुर्घटनामा परी पर्सा वीरगञ्ज महानगरपालिका–३२ निवासी करिब २० वर्षीय सन्तोष यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई उद्धार गरी हेटौंडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यसैगरी ट्रक चालक सोही स्थानका करिब ३३ वर्षीय कृष्ण यादव गम्भीर घाइते भएका छन्। उनको हेटौंडा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भरतपुर, चितवन पठाइएको छ।
दुर्घटनापछि अ.प्र.पोष्ट जितपुर भञ्ज्याङबाट प्रहरी टोली र नेपाली सेनाको लेनडाँडा सुरक्षा बेसबाट खटिएको टोलीले उद्धार कार्य गरेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*