ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्चमा सुनुवाइ हुँदै

हेटौंडा टुडे
२०८२ चैत्र २२, आईतवार ११:१३ गते

हेटौंडा । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइका लागि इजलास तोकिएको छ । न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा दुवैजनाको तर्फबाट परिवारले दायर गरेको रिटमाथि सुनुवाइ हुँदैछ । विपक्षीका तर्फबाट लिखित जवाफ प्राप्त भइसकेकाले उक्त मुद्दाको पेसी आजका लागि तोकिएको हो।

जेन-जी आन्दोलनका घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते दुवै जनालाई पक्राउ गरेको थियो ।

उक्त पक्राउ गैरकानुनी भन्दै चैत १५ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएको थियो । चैत १६ गते दुवै रिटमा भएको छुट्टाछुट्टै इजलासपछि विपक्षी सरकारका नाममा कारण देखाऊ आदेश भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*