हेटौंडा। अब हप्तामा २ दिन बिदा। सरकारले सातामा दुई दिन सरकारी बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको हो। यो बिदा सरकारी कार्यालय र शैक्षिक संस्थाको हकमा लागु हुनेछ ।
पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजताका कारण यस्तो निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । निर्णय चैत सोमबारदेखि लागु हुने उनको भनाइ छ ।
त्यस्तै, सबै सरकारी कार्यालयमा कार्यालय समय बिहान ९ बजेदेखि ५ बजेसम्म कायम गरेको छ ।
सेयर गर्नुहोस्


















