सोमबार घट्यो सुनचाँदीको मूल्य

हेटौंडा टुडे
२०८२ चैत्र २३, सोमबार ११:११ गते

हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य २ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य ५० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९१ हजार ४०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९४ हजार रुपैयाँ रहेको थियो ।  त्यस्तै आज चाँदीको मूल्य तोलाको ४ हजार ७८० रुपैयाँ रहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको ४ हजार ८३० रुपैयाँ रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*