हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य आज बढेको छ । आज सुन तोलाको २ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य ५० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ९९ हजार २०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९६ हजार ५०० रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य ५० रुपैयाँले बढेर ४ हजार ९९५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ९४५ रुपैयाँ रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको भाउ थपघट भइरहेको छ।
सेयर गर्नुहोस्

















