बागमती प्रदेश सरकारद्वारा विद्युतीय हाजिरी अनिवार्य

हेटौंडा टुडे
२०८३ बैशाख १३, आईतवार ११:३२ गते

हेटौंडा । बागमती प्रदेश सरकारले विद्युतीय हाजिरी अनिवार्य गरेको छ । मुख्यमन्त्री कार्यालयले विद्युतीय हाजिरी अनिवार्य गर्दै त्यसको रिपोर्ट पेश गर्न निर्देशन गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडाले शुक्रबार परिपत्र जारी गर्दै प्रदेशका सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरूलाई कर्मचारीको हाजिरी विवरण अनिवार्य रूपमा विद्युतीय प्रणालीमा अद्यावधिक गर्न निर्देशन दिएको छ ।
परिपत्रमा कर्मचारीहरू कार्यालयमा आएको, गएको, काज तथा बिदा लगायतका सबै विवरण विद्युतीय हाजिरी प्रणालीबाटै देखिने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।
यसबाट आफ्ना मातहतका कर्मचारीहरूको अनुशासन र समयपालना प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

 

IMG-20260424-WA0000_edit_-1777043045.jpg

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*