सिंहदरबारको एउटा भवन बनाउन अनुमति दिनुस्, श्रमदानबाट बनाउँछौँ : हर्क साम्पाङ

हेटौंडा टुडे
२०८३ जेष्ठ ४, सोमबार १५:४९ गते

हेटौंडा। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेको सिंहदरबारभित्रको एउटा भवन श्रमदानमार्फत निर्माण गर्न अनुमति माग गरेका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद साम्पाङले सरकारले अनुमति दिए श्रमदान अभियानमार्फत भवन पुनर्निर्माण गर्ने बताएका हुन्।

‘विगतमा जेनजी आन्दोलनमा जलेको सिंहदरबारका भवनहरूमध्ये कुनै एउटा भवनको एउटा सानो हिस्सा श्रम संस्कृति पार्टीलाई बनाउन अनुमति दिनुस्। हामी श्रमदान गरेर बनाउनेछौँ,’ साम्पाङले भने।

प्रतिनिधि सभामा आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफल चलिरहेको छ। त्यही क्रममा उनले सुनसरी लगायत देशका विभिन्न जिल्लाका विकास निर्माणका योजनाका लागि बजेट विनियोजन गर्न माग गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*