हेटौंडा। आइतबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १२ सय रुपैयाँले बढेर दुई लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ५५ रुपैयाँले बढेर प्रतितोला ४८९५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ५१ हजार ३ सय ७० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४१९६.५० रुपैयाँ कायम भएको छ ।
सेयर गर्नुहोस्


















