इभी गाडीको ठक्करबाट एक महिलाको मृत्यु

हेटौंडा टुडे
२०८३ जेष्ठ ३१, आईतवार १४:१७ गते

हेटौंडा। सर्लाहीको बागमती नगरपालिका–९, निर्माण चोकमा आइतबार बिहान इभी गाडीको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । बिग्रिएर टुचन लगाइ तानिरहेको बागमती प्रदेश ०३००१ ज. ०७७६ नम्बरको इभी हायस गाडीले ठक्कर दिँदा स्थानीय ५५ वर्षीया जयकुमारी देवीको मृत्यु भएको हो । इभी गाडीलाई प्रदेश २–०२–००१ ह. १८७९ अटोले तानेर मर्मतका लागि लैजाँदै गर्दा बाटोमा हिँडिरहेका जयकुमारी देवी र अर्का स्थानीय ४० वर्षीया पुनमदेवी यादवलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि वीरगन्जतर्फ लैजाने क्रममा जयकुमारी देवीलाई प्रादेशिक अस्पताल कलैया, बारा पुर्‍याएर चेकजाँच गर्दा मृत घोषणा गरिएको हो।

घाइते पुनमदेवी यादवको बाराकै कलैयास्थित राजलक्ष्मी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको जनाइएको छ । घटनापछि अस्थायी प्रहरी पोस्ट सोल्टीबाट खटिएको प्रहरी टोलीले दुर्घटनामा संलग्न दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ।

साथै, ईभी हाईस चालक हरिवन नगरपालिका–७ निवासी ४० वर्षीय देवेन्द्र ठाकुर र अटो चालक बरहथवा नगरपालिका–१३ निवासी ३३ वर्षीय विकासकुमार झालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*