युके पाठ्यक्रमको आधारमा प्रि-स्कुल “लिटिल बडी” हेटौंडामा सन्चालन हुदै

हेटौंडा टुडे
२३ पुष २०७६, बुधबार २०:१८

पुस २३ , हेटौडा

 

हेटौडामा सन्चालनमा रहेको अन्य मन्टेश्वरि भन्दा फरक ढङ्गको मन्टेश्वरि अर्थात युके करिकुलममा आधारित सुविधा सम्पन्न र अत्याधुनिक प्रि स्कुल लिटिल बडी हेटौंडामा संचालन हुने भएको छ ।

युकेको पाठ्यक्रममा आधारित प्रि स्कुल हेटौडा ४ हुप्राचौरमा  लिटिलबडी प्रि स्कुलको नामले सञ्चालनमा आउन लागेको हो । नेपालमा काठमाण्डौ, भक्तपुर र ललितपुरमा गरि सात वटा साखा रहेको प्रिस्कुल उपत्यका बाहिर पहिलो हेटौडामा रहेको पत्रकार सम्मेलन मार्फत  आज  प्रिस्कुलका सञ्चालक युवराज दाहालले जानकारि दिनुभयो । युकेको पाठ्यक्रममा आधारित प्रि स्कुलको फ्रेन्चाई हेटोडामा खुल्नु हेटौडा बासिको लागि खुसिको कुरा रहेको दाहालले जानकारि दिनुभयो ।

सामान्यतया बालबालिकाहरुको खाने खेल्ने र रमाईलो गर्दै केहि कुरा सिक्नुपर्ने उमेर भएकाले आफुहरुले पनि बच्चाहरुलाई टेक्नोलोजिसंग अपडेट हुदै खेल्दै खेलाउदै गर्ने  दाहालले बताएका छन । ६० जना बालबालिकालाई पठनपाठन गराउन सक्ने क्षमता रहेको लिटिलबडी प्रिस्कुलमा बालबालिकालाई रोबोर्ट संग बोल्दे सिक्दै गर्ने बाताबरण मिल्ने छ र बालबालिकाका लागी थप ज्ञान र प्रविधि संग रमाउनका लागि ४ वटा लिटिल रोबट पनि ल्याईएको छ । उक्त रोबटले बालबालिका संगै गित गाउने, नाच्ने र प्रश्न उत्तर गर्ने गर्छ । । अत्याधुनिक र सुविधा सम्पन्न प्रि  स्कुलमा बालबालिकाका लागि आबश्यक पर्ने सम्पूर्ण सामाग्रिहरु युके र चाइनाबाट ल्याईएको छ ।

 

 

 

विद्यार्थीलाई किताबीभन्दा व्यवहारिक ज्ञानमा आधारित रहेने लिटिल बडीलाई नेपालमा भित्र्याएका लिटिल बडी नेपालका निर्देशक दिनेश लामाले बताए । हरेक कोठामा १४ वटा सि सि क्यामरा जडित प्रिस्कुलमा अभिभाबकले आफ्नो केटाकेटिहरको दैनिकि  आफ्नो मोबाईलबाट हेर्ने  मिल्ने छ । दैनिक  रुपमा केटाकेटिहरको स्वास्थ्य  चेकअफ गरिने ब्यबस्था रहेको ब्यबस्था मिलाईएको छ । करिब ५० लाख भन्दामाथि लगानि रहेको उक्त प्रिस्कुलको माघ ११ गते हेटौंडाकी चेली पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसको कार्यालय भारत र बेलायतमा पनि रहेको छ  । आज भएको पत्रकार सम्मेलनमा  बोल्दै लिटिलबडी प्रिस्कुल भारतबाट आएकिका प्रमुख रमैया गगांधरणले नेपालमा यस्तो खालको प्रिस्कुल विस्तार हुदै गरेको अवस्थामा हेटौंडामा पनि सञ्चालन हुन लागेकोमा खुसी ब्यक्त गरेकि छिन  ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*