आईसीयूमा भर्ना भए बलिवुड अभिनेता इरफान खान

हेटौडा टुडे
१७ बैशाख २०७७, बुधबार ०९:२४

बैशाख १७ ,हेटौंडा

बलिवुड अभिनेता इरफान खानलाई मुम्बईको कोकिलाबेन अस्पतालको सघन उपचार कक्ष आईसीयू मा भर्ना गरिएको छ ।
उनको स्वास्थ्य अवस्था किन बिग्रियो र उनको समस्या के हो र आईसीयूमा किन भर्ना गरियो अहिले यसबारेमा कुनै जानकारी सार्वजनिक भइसकेको छैन । अस्पताल स्रोतले इरफान खानको स्वास्थ्य अवस्था बिग्रिएको र आईसीयूमा भर्ना गरेको बाहेर अरु जानकारी दिन मानेका छैनन् । इरफान खानका परिवारले पनि अधिकारिक रुपमा अरु केही बताएका छैनन् ।

५४ वर्षीय इरफान न्युरोएन्डोक्राइन ट्युमरबाट पीडित छन् । उनी विदेशमा यो बिमारीको उपचार गराइरहेका थिए र भर्खरै मुम्बई फर्किएका थिए । न्युरोएन्डोक्राइन ट्युमरबाट उनि दुई वर्षअघि सन् २०१८ मा बिमारी भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*