डिजेल र पेट्रोलमा दुई रुपैयाँ मुल्य बढ्यो

टुडे संवादाता
१८ श्रावण २०७७, आईतवार ०५:४६

साउन १८,हेटौंडा/नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटरमा दुई रुपैयाँ मुल्य बढाएको छ ।निगमले शनिवार राती १२ बजेदेखि लागु हुने गरी डिजेल पेट्रोलमा प्रतिलिटर दूई रुपैयाँ मुल्य बढाएको हो ।

इन्डियन आयल कर्पाेरेशन(आइओसीं)ले १अगष्टमा पठाएको मुल्य बढेर आएकाले स्थानीय बजारमा मुल्य बढाइएको निगम प्रवक्ता वीनितमणि उपाध्यायले जानकारी दिए । नयाँ मुल्य अनुसार अव पेट्रोल एक सय ४ रुपैयाँ र डिजेल-मट्टितेल ९० रुपैयाँ पुुगेको छ । प्रतिलिटरमा दुई रपैयाँ मुल्य बढाउँदा पनि पेट्रोलमा एक रुपैयाँ २३ पैसा र डिजेलमा १ रुपैयाँ १५ पैसा घाटा रहेको उपाध्यायले जानकारी दिए ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मुल्य बढेकाले त्यसको प्रत्यत्क्ष प्रभाव स्थानीय बजारमा पर्न गएको निगमको भनाई छ । हवाई इन्धन र खाना पकाउने एलपीजी ग्यासको मुल्य भने यथावत रहेको निगमले जानकारी दिएको छ ।

इन्धनको मुल्य बढेर आएको भन्दै निगमले लकडाउनयता तीन पटक सम्म मुल्य बढाएको छ । मुल्य समायोजन पश्यात पनि भारतीय सीमा नाका भन्दा नेपालमा पेट्रोलमा ३१ रुपैया र डिजेलमा ३६ रुपैयाँ नेपालमा सस्तो रहेको निगमले जानकारी दिएको छ ।स्वचालित मुल्य प्रणाली अनुसार मुल्य सामायोजन गरेको निगमले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*