हेटौंडा। नेपाली बजारमा आज (शुक्रबार)सुनको भाउ प्रतितोला एक सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९३ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ । बिहीबार सुन प्रतितोला दुई लाख ९३ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ । बिहीबार प्रतितोला पाँच हजार ५० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार एक सय १५ रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६५ रूपैयाँ बढेको हो ।
सेयर गर्नुहोस्






















