जेसिआइ सप्ताहब्यापी कार्यक्रमको पाचौं दिन गजल प्रतियोगिता सम्पन्न

टुडे संवादाता
१७ भाद्र २०७७, बुधबार १९:२९

हेटौंडा/जेसिआइ हेटौंडा सप्ताहब्यापी कार्यक्रम अन्तरगत पाचौं कार्यक्रम गजल प्रतियोगिता सम्पन्न भएको छ ।जेसिआइ हेटौंडा सन् २०२० का अध्यक्ष राजदेब बानियाँ को अध्यक्षतामा पाचौं कार्यक्रम गजल प्रतियोगिता सम्पन्न भएको हो ।

बरिस्ठ गजलकार प्रकट पङ्गेनी को प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा जेसिआइ हेटौंडा का पुर्ब अध्यक्षहरु जेसि श्याम पौडेल,जेसि गणेश कुमार श्रेष्ठ ,जेसि प्रभात पौडेल,जेसि जितेन्द्र कर्माचार्य ,जेसिआइ सिनेटर किस्न बहादुर कार्की,जेसिआइ सिनेटर दिपकराज मिश्र,जेसिआइ सिनेटर अरुण कुमार दाहाल ज्यु हरु को उपस्थिति रहेको थियो,

कार्यक्रममा पुर्ब अध्यक्ष जेसिआइ सिनेटर दिपकराज मिश्रले शुभकामना मन्तब्य दिदै यस्ता प्रतियोगिता हरु सन्चालन गरिएकोमा आफू निकै खुसी रहेको बताउनु भयो ।

त्यस्तै नेपाल पत्रकार संघ मकवानपुर का सचिब गणेश दर्पण अधिकारी ले सुभकामना मन्तब्य राखेका थिए ।कार्यक्रममा लेडि जेसिजकि अध्यक्ष शुसिला पौडेल , पोखरा जेसिज का अध्यक्ष शिव प्रसाद सापकोटा अतिथी को रुपमा रहनु भएको थियो ।गजल प्रतियोगिता कार्यक्रममा नेपाल जेसिज राष्ट्रिय उपाध्यक्ष जेसिआइ सिनेटर विशाल थापा विशिष्ट अतिथी रहेको थियो ।

गजल कार्यक्रमको प्रमुख निणायकमा साहित्यकार एवम प्रध्यापक निमेष निखिल र निणायकहरु गजल मन्च मकवानपुरका अध्यक्ष देबराज तिवारी र साहित्यकार बबि थापा रहनुभएको थियो ।

कार्यक्रम भर्चूअल विधिबाट जुम एप्समा भएको थियो ।  ४२ जना गजलकारहरुले आफ्नो गजल बाचन गरेका थिए । कार्यक्रममा सन २०२० का अर्थसङ्कलन  जेसि लिसेन बस्नेतको संयोजकत्त्व भएको थियो। कार्यक्रममा सहभागी अतिथी,निणायक एवम सम्पुर्ण सदस्य हरु लाई कार्यकारिणी उपाध्यक्ष एवम जेसिज सप्ताह मुल कार्यक्रम संयोजक पवन कुमार कङ्साकार ले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ,प्रतियोगितामा गजलकारहरु मनिश गौतम र गङ्गा सापकोटा तेस्रो,केशव समर्पण दोस्रो र गोपाल खनाल प्रथम भएका थिए

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*