इन्द्रसरोवर गाउँपालिकाका कोरोना सन्क्रमित ५ जना होम आइलेशनमा

हेटौडा टुडे
३ आश्विन २०७७, शनिबार २३:००

हेटौंडा । इन्द्रसरोवर गाउँपालिकामा असोज २ गते कोरोना संक्रमण पुष्टि भएका ५ जनालाई होम आइलेशनमा राखिएको छ । असोज २ गते राती मकवानपुरमा १८ जनामा संक्रमण पुष्टि भएकोमा ५ जना इन्द्रसरोवर गाउँपालिकाका रहेका थिए । संक्रमित सबै इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ का हुन् । वडा नं ४ का २३, ३४, २५ र उमेर नखुलेका २ जना गरी ५ जना पुरुषमा कोरोना पुष्टी भएकोमा ५ जनालाई नै होम आइसोलेशनमा राखिएको इन्द्रसरोवर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द पन्तले जानकारी दिनुभयो । उनीहरुलाई आज स्वास्थ्य शाखा इन्द्रसरोवरका स्वास्थ्यकर्मीहरुले सुरक्षाका मापदण्डहरु अपनाएर स्वास्थ्यकर्मीकै निगरानीमा रहने गरी होम आइसोलेशनमा राखिएको हो । संक्रमित ५ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेकोले होम आइसोलेशनमा राखिएको उहाँले बताउनुभयो ।
साथै उनीहरुको कन्ट्र्याक ट्रेसिङ गरी ट्रेसिङमा परेकाहरुलाई आब ६ दिन सम्म घरमै बस्न अनुरोध गरिएको छ । उनीहरुलाई ६ दिन पछि पिसिआर टेस्ट गर्ने स्वास्थ्य शाखाका अहेब बुद्धिराम थिङले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*