मनसुन लम्बिने , आज पनि दिनभर पानी पर्ने अनुमान

आज पनि दिनभर पानी पर्ने अनुमान
हेटौंडा टुडे
१ आश्विन २०७६, बुधबार १०:३३

काठमाडौं, ०१ असोज । बुधबार (आज) पनि दिनभर पानी पर्ने मौसमविद मञ्जु बासीले बताईन् ।

बुधबार देशका मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पूर्वका केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुनेछ ।

कतैकतै भारी वर्षाको पनि सम्भावना रहेकाले पहिरो जान सक्ने, नदीहरुमा पानीको वहाब बढ्न सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद् सुझाव दिएका छन् ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको कारण देशभर मौसममा बदली भइरहेको छ । साथै, भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा निम्न चापीय प्रणाली रहेकाले पनि त्यसको प्रभावले पानी परिरहेको छ ।

मौसमविद मञ्जु बासीका अनुसार बिहीबारदेखि भने मौसममा क्रमिक सुधार आउने छ । उनले भनिन्, ‘हिजो र आजजस्तो पानी भोलि पर्दैन । किनभने हामी मनसुन अन्त्य अन्त्यतिर पनि छौं ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

*