गढिगाउपालिका रनिङ सिल्ड फुटबल प्रतियोगिता हूने ।

हेटौडा टुडे
२ आश्विन २०७६, बिहीबार २३:१७

असोज २,

गढी स्टार स्पोर्टस् क्लबको आयोजनामा मकवानपुरगढी गाउपालिकामा रनिङ्ग सिल्ड प्रतियोगिता हुने भएको छ ।

गढी गाउँपालिकाको मुख्या प्रायोजनमा हुन लागेको उक्त प्रतियोगिताका लागि टिम दर्ता सुरु गरिएको संयोजक रवि सापकोटाले हेटौडा टूडेलाई जानकारी दिएका छन ।

शूभविजया दशमी तथा शुभदिपावली २०७६ को अवसर पारेर मकवानपुरगढी रनिङ्ग सिल्ड प्रतियोगिता हुने भएको छ । यही असोज ११ गतेदेखि १७ गतेसम्म आयोजना हुने प्रतियोगिताका लागि १० गते बेलुका ४ बजेसम्ममा टीम दर्ता गराईसक्नुपर्ने र सम्पूर्ण खेलाडिहरुको परिचए ख्रूल्ने प्रमाण उपलब्ध गराउन पर्ने आयोजकले जनाएको छ ।

यस प्रतियोगितामा सम्पूर्ण सहभागि टिम गढी गाउँपालिकाभित्र रहेको आधिकारिक दर्तावाला क्लबलेमात्र खेल्न पाउने र प्रतियोगितामा टीम दर्ताका लागी रु २ हजार शुल्क लाग्ने समेत आयोजकले जनाएको छ । उक्त रनिङ्ग सिल्ड प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमशः ३५ हजार, २५ हजार र १० हजार पुरस्कार प्रदान गरिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*