यसरी मनाइयो हेटौँडामा पनि संविधान दिवस ।

हेटौडा टुडे
३ आश्विन २०७६, शुक्रबार ११:५२

संविधानसभाबाट नयाँ संविधान जारी भएको आज चार वर्ष पूरा भएको छ । सोही दिनको अवसर पारी देशैभर आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । सोही अवसरमा हेटौंडामा पनि प्रदेश नं ३ सरकारको आयोजनामा आज शुक्रबार बिहान प्रभातफेरी कार्यक्रम भएको छ र मकवानपुर गढीमा झण्डोत्तोलन कार्यक्रम कार्यक्रम हुँदै छ ।

प्रभातफेरी कार्यक्रममा प्रदेश प्रमुख अनुराधा कोइराला , मुख्यमन्त्री डोरमणी पौडेल, प्रमुख प्रतिपक्षि दलका नेता इन्द्रबहादुर बानियाँ, मन्त्रीहरु, प्रदेशका प्रहरी प्रमुखहरु, सरकारी नियकायका उच्चपदस्थ कर्मचारी, विभिन्न पार्टीका नेता तथा कार्यकर्ता, एवम् विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*