कर सचेतना कार्यक्रम बकैयामा

कर सचेतना कार्यक्रम बकैया गाउँपालिकामा

हेटौंडा टुडे
४ आश्विन २०७६, शनिबार १९:४९

आश्विन ४

मकवानपुर उद्योग वाणिज्य संघको समन्वय तथा आन्तरिक राजश्व कार्यालय, हेटौंडाको आयोजनामा करदाता शिक्षा तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार बागमती गाउँपालिकाको राईगाऊमा कार्यक्रम सम्पन्न गरी दोश्रो दिन बकैया गाउँपालिका–६, फापरबारीका स्थानीय व्यवसायी तथा ईच्छुक अन्य सर्वसाधारणको सहभागितामा कार्यक्रम भएको हो ।

मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेको अध्यक्षता, आन्तरिक राजश्व कार्यालय हेटौंडाका प्रमुख सन्त बहादुर ढकालको प्रमुख आतिथ्यता तथा बकैया गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष धु्रव थापाको विशेष आतिथ्यता रहेको थियो ।

संघका कार्यसमिति सदस्य नरेन्द्र भण्डारीले संचालन गर्नुभएको कार्यक्रममा संघका उपाध्यक्ष राम प्रसाद न्यौपाने, कार्यसमिति सदस्य माधव ज्ञवाली, आन्तरिक राजश्व कार्यालयका कर अधिकृत सरोज ढकाल, नायव सुब्बा सुरेन्द्र गौतम, सागर पन्थी र संघका कर्मचारी विजय भण्डारीको सहभागिता रहेको थियो । कर अधिकृत दिपक भुषालले कार्यक्रममा सहभागिहरुलाई कर सम्बन्धी प्रशिक्षण गराउनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*