हेटौँडा अस्पतालमा ज्वरो आएका बिरामीको निःशुल्क उपचार हुने

हेटौडा टुडे
७ आश्विन २०७६, मंगलवार १५:०१

मकवानपुर, ६ असोज ।

हेटौँडा अस्पतालमा ज्वरो आएका बिरामीको निःशुल्क उपचार हुने भएको छ ।

हेटौडाको बजार क्षेत्रभित्र डेंगु संक्रमण बढिरहेको हुँदा सोमबार उपमहानगरपालिकामा अस्पतालसहित बसेको व्यवस्थापन बैठकले उक्त निर्णय गरेको हो।

बैठकले आज मंगलबारबाट लागू हुने गरी हेटौँडा अस्पतालमा ज्वरो आएका बिरामीलाई निः शुल्क उपचार गरिनुका साथै डेंगु संक्रमण सम्बन्धि जानकारी गराउने उद्देश्यसहित ज्वरो उपचार क्लिनिकको व्यवस्था गरिएको हेटौडा उपमहानगरपालिकाका स्वास्थ्य संयोजक सुपेन्द्र कार्कीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*