रातोमाटेमा लागुऔषध नाईट्रोभेट १६५ ट्याब्लेटसहित दुई जना पक्राउ

हेटौडा टुडे
८ आश्विन २०७६, बुधबार २०:३८

असोज ८ , हेटौडा

भारत बिहार मोतिहारी जिल्ला भेलाही बस्ने बर्ष १८ को जाबेद आलम र जिल्ला रौतहट चन्द्रपुर न पा ६ बस्ने बर्ष २१ को आस नारायण यादवला्ई बुधबार हेटौँडा उपमहानगरपालिका वडा नं १५ स्थित सडकखण्डबाट लागूऔषध नाईट्रोभेट १६५ ट्याब्लेटसहित दुई जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट प्रहरी निरीक्षक अरुण कुमार कुसवाहाको कमाण्डमा खटिएको प्रहरी टोलीले मंगलबार राति करिब १० बजेको समयमा ना ३३ प ३६१० नं। को मोटरसाईकल र उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*