६४ औं प्रहरी दिवशमा मकवानपुरमा पनि यसरि मनाईयो ।

हेटौडा टुडे
१० आश्विन २०७६, शुक्रबार १९:५६

असोज १०, हेटौडा

६४ औं प्रहरी दिवश २०७६ को उपलक्ष्यमा ३ नं प्रदेश प्रहरी कार्यालय हेटौडाको आयोजनामा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको सह आयोजनामा  मकवानपुरका बिभिन्न धार्मिक तथा पर्यटकिय क्षेत्रहरु सरसाई गरिएको छ ।

 

मकवानपुरगढी गाउँपालिका वडा न ४ स्थित मनकामना मन्दिर परिसरमा ४० जना प्रहरी कर्मचारी र वडा प्रहरी कार्यालय सानोपोखराबाट १५ जना प्रहरीहरू खटि हेटौडा उपमहानगरपालिका वडा न ४ स्थित भुवनेश्वर पशुपति मन्दिरको परिसरमा सरसफाई गरीएको हो ।

 

साथै विश्व पर्यटन दिवस सेप्टेम्बर २७ ९ असोज १० गते को अवसरमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले पर्यटनहरुको मुख्य आगमनको स्थानहरुलाई लक्षित गरी सुत्रबार हेटौडा उपमहानगरपालिका वडा न ११ स्थित सहिद स्मारक परिसरमा पनि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट २० जना प्रहरी कर्मचारी र स्थानिय वासिन्दाहरुको समेत जम्मा उपस्थितिमा सरसफाई कार्यक्रम गरीएको गरिएका हो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*