स्वावलम्बन लघु वित्तको केन्द्र प्रमुखको गोष्ठी सम्पन्न

हेटौंडा टुडे
११ आश्विन २०७६, शनिबार २१:००

हेटौँडा, असोज ११

महिलाको आयआर्जनमा सहयोग गर्न व्यापार, कृषि र पशुपालनमा लगानी गर्दै आएको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड हेटौँडा शाखाको केन्द्र प्रमुखहरुको लागि आयोजित एक दिने गोष्ठी सम्पन्न भएको छ ।

गोष्ठीमा नेतृत्व क्षमता विकास, केन्द्र व्यवस्थापन, क्षमता विकास, वित्तीय संस्थाको नीति नियम, केन्द्रको समस्याको बारेमा सहजीकरण गर्दै केन्द्रको कामको समिक्षा र सुधारको बारेमा प्रशिक्षण दिइएको थियो । गोष्ठीमा सहभागी महिलाहूले लघु वित्त संस्थाले कृषि र पशुपालनमा लगानी गर्न थालेपछि महिलाहरुलाई आय आर्जनमा वृद्धिसँगै आत्मनिर्भर बन्न सहयोग पुगेको बताएका थिए ।

संस्थाका सोममाया मुक्तानको अध्यक्षतामा भएको गोष्ठीमा शाखा प्रबन्धक दीपक महतले वित्तीय संस्थाको नीति नियमलगायतका बारेमा सहजीकरण गर्नु भएको थियो । गोष्ठीमा संस्थाका वरिष्ठ सहायक शोभा सिलवाल, अरुण कँडेल, सागर श्रेष्ठ, सरीता स्याङ्तानलगायतले बोल्नु भएको थियो । गोष्ठीमा ३५ जना केन्द्र प्रमुखहरुको सहभागिता रहेको थियो ।  मकवानपुरमा २०६२ सालदेखि समुह बनाएर काम गर्दै आएको वित्त संस्थामा हाल दुई हजार ४२३ महिला सदस्य आबद्ध रहेका छन्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*