बजाज शोरुमले ल्यायो महा एक्स्चेञ्ज अफर ,

हेटौडा टुडे
११ आश्विन २०७६, शनिबार २२:३२

हटौडा, असोज १०

होराईजन अटो प्रा.ली. बजाज शोरुमले  महा एक्सचेन्ज अफर सुभ बिजया दशमिको उपलक्ष्यमा हेटौडामा सञ्चालन गर्ने भएको छ ।
शनिबार गरिएको पत्रकार सम्मेलन मार्फत बजाजले ल्याएको उक्त अफरमा जस्तोसुकै अवस्थामा भएको मोटरसाईकल  जुनसुकै कम्पनिको मोटरसाईकल कागजपत्र भएको पुरानो मोटरसाईकलको नगद रु ३०,०००  मूल्यांकन गरिने समेत सोरुमका संचालक राजु रत्न बज्राचार्यले जानकारी दिए ।
बजाजले कम्पनिको मोटरसाईकलहरुले पेट्रोलको राम्रो माइलेज दिने, सजिलै पार्ट्सहरु पाइने, सहज फाईनान्सको व्यवस्था समेत गरिने अर्का संचालक लालकाजीरत्न बज्राचार्यले जानकारी दिए । बजाज सोरुमले ल्याएको उक्त महा एक्सचेन्ज अफर असोज १२ गते आइतबार देखि १६ गते बिहिबार सम्म रहने छ । कुनैपनि मोटरसाइकलको प्रचलित बजार मूल्यांकन भन्दा १५ हजार थप दिइने र नयाँ मोटरसाइकलको खरिदमा बाइक कभर, हेल्मेट, ल्याप्टप ब्याग, लेगार्ड निःशुल्न दिइने छ । यो अफर सिमित अबधिको लागि मात्र लागु हुनेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*