हेटौडाको नारायणी मलमा आर्किडस ग्लोबल प्रालिको २९ औं शाखा सञ्चालन भएको छ । लेडिज जेन्स र बच्चाहरुको लागि सबैखाले कपडाहरु पाउने ब्राण्डेड सामग्रीहरु विक्रि गर्ने उदेश्यको साथ मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ मा रहेको नारायणी मलमा कम्पनीको शुभारम्भ भएको कम्पनीका प्रवन्धक निर्देशक मुकेश कुमार शाहले बताए ।
नेपालको विभिन्न मुख्य शहरहरुमा २८ वटा शाखाहरु रहेको र प्रदेश ३ को राजधानीमा हेटौडामाचै नारायणी महलको भूईतलामा सञ्चालनमा आएको आर्किडस ग्लोबलमा ब्राण्डेड Gini & Jony, Mufti, Imara, Wrong, Camla, Redtape, 109 Fusion Beats, Longhorn, Rookies, Spykar, Pepe jeans London, लगाएत २६ वटा ब्राण्डहरुका कपडाहरु पाइने प्रवन्धक निर्देशक शाहले जानकारि दिए । हेटौंडा उपमहानगरका मेयर हरि बहादुर महतले आज एक कार्यक्रमका बीच कार्यक्रम उद्घाटन गरेका थिए ।