आज बाट हेटौँडामा पनि एनटिसिमा फोर जी सेवा चल्ने ।

हेटौंडा टुडे
१५ आश्विन २०७६, बुधबार २२:१०

हेटौडा , असोज १०

नेपाल टेलिकमले बुधबारबाट हेटौंडासहित देशका २६ वटा शहरमा फोरजी सेवा शुरु गरेको छ । फोरजी सेवा चलाउनको लागि मोबाइल सेटसँगै सिमकार्ड पनि ‘फोरजी लाई सपोर्ट गर्ने खालको नै हुनुपर्ने छ ।
फोरजी सेवा लिनका लागि नेपाल टेलिकमले आफ्ना ग्राहकलाई हाल सञ्चालनमा रहेको सिमबाट फोरजी सेवा चल्ने वा नचल्ने बारे जानकारी लिन समेत आग्रह गरेको छ । टेलिकमले फोरजी सेवा सपोर्ट गर्ने वा नगर्ने जान्न *४४४# डायल गर्नुपर्ने जनाएको छ । टेलिकमले फोरजी सेवा नचल्ने सिमका लागि निशुल्क परिवर्तन गर्ने भएको छ । फोरजी सेवा नचल्ने सिमका लागि नजिकैको नेपाल टेलिकम  कार्यालयबाट निःशुल्क रुपमा फोरजी सिम लिन सकिने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*