भीमफेदी गाउँपालिकामा कांग्रेसको चियापान तथा शुभकामना आदानप्रदान

हेटौडा टुडे
१६ आश्विन २०७६, बिहीबार २२:१०

भीमफेदी, असोज १६

नेपाली कांग्रेस भीमफेदी गाउँपालिकाद्वारा दशैको अवसरमा बिहीबार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
कांग्रेस भीमफेदी गाउँपालिका संयोजक सञ्जिव श्रेष्ठको सभाध्यक्षता तथा प्रतिनिधिसभा २ का सभापति यतिराज सापकोटाको प्रमुख आतिथ्यतामा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको हो ।

कार्यक्रममा कांग्रेस क्षेत्रीय कोषाध्यक्ष झमक लामा, भीमफेदी गाउँपालिका प्रवक्ता नारायण थापा, कांग्रेस नेता गोपीराम बल, अकरमाया लामा, अर्जुन पुडासैनीलगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*