अवैध चाँदीको गरगहना सहित हेटौबाट एक जना पक्राउ

हेटौंडा टुडे
९ कार्तिक २०७६, शनिबार १२:१६

कार्तिक ९ , हेटौडा

 

जिल्ला प्रहरि कार्यलय मकवानपुरले अवैध चाँदीको गरगहनासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका वडा नम्बर २ बस्ने बर्ष ४३ बर्षिय ओम प्रकाश साह रहेका छन । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटीएको टोलीले बिशेष सुचनाको आधारमा उनको घरमा रहेको दराजको सेफमा लुकाई छिपाई भन्सार छली चोरी पैठारी गरी ल्याएको चाँदिको पाउजु ३१ जोर, चाँदिको सिन्दुर बट्टा १६ वटा, सानो सिन्दुर बट्टा २९ वटा, बाला ४१ जोर, चाभी रिङ ४३ वटा, मुर्ती ६ वटा, सानो ठुलो सिक्का ७३ वटा, पुरानो ठुलो सिक्का १४७ वटा र पुरानो बटम ८ वटा गरी जम्मा ७ किलो ८१९ ग्राम चाँदि फेला परेको  जिल्ला प्रहरि कार्यालय मकवापुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*