कार्तिक १३ , हेटौडा
मकवानपुर गढि गाउँपालिकाका विभिन्न क्षेत्रहरु अवलोकन गर्ने क्रममा आज प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रचार प्रसार गर्न सके मकवानपुरमा रहेको ऐतिहासिक ढुंगे गढि पर्यटकिय गन्तब्य बन्ने बताउनुभएको छ ।
मकवानपुर गढिको स्थलगत अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेशमा ऐतिहासिकता झल्कने धेरै गढिहरु रहेको स्मरण गर्दै उहाँले भौगोलिक हिसाबले पनि सो गढिमा पर्यटक आकर्षण गर्न सकिने बताउनुभयो । प्रदेश सरकारले यसको बिकासका लागि बिषेश महत्वका साथ योजना सहित अगाडि बढ्ने समेत उहाँको भनाई थियो । मकवानपुर गढि देखि करिब ५ किलोमिटर माथि कान्तिराजपथ नजिकै रहेको सो गढीमा अहिले पनि पर्यटकहरु धेरै मात्रामा घुम्न आउने गरेका छन् ।
यसैगरी बुधबार नै मुख्यमन्त्री पौडेलले मकवानपुर गढि गाउँपालिकाका विभिन्न कृषि उद्यमहरुको अवलोकन गर्नुभएको छ । जसमा कामधेनु कृषि फर्म, देबकी एकीकृत कृषि फर्म, मकवानपुर एग्रो प्राली, कलश बहुउद्देश्यीय कृषि फर्महरुको अवलोकन गर्नुभएको थियो ।
किशानहरुलाई हौसला प्रदान गर्न उनीहरुको फर्ममा नै गएर समस्याका विषयमा जानकारी लिनुभएको थियो । किशानहरुले लगाएको तरकारीका साथै भैंसी, गाई, टर्की तथा कुखुरा फर्महरु अवलोकन गर्नुभएको थियो । किशानहरुले मुख्यमन्त्री पौडेलसंग कृषि उत्पादनको बजार ब्यबस्थीत बनाउन माग गरेका थिए । यसैगरी फर्महरु स्थापना गरेपनि बाटो, पानी, बिजुली लगायतको समस्याका बारेमा पनि उनीहरुले मुख्यमन्त्री पौडेललाई जानकारी गराएका थिए ।
किशानहरुको जिज्ञासाको जवाफ दिदैं सरकारले सबै भन्दा कृषि क्षेत्रलाई महत्व दिने बताउनुभएको थियो । किसानले उत्पादन गरेका हरेक कृषि उत्पादनलाई सहजरुपमा बिक्री बितरण गर्न, सहजरुपमा उत्पादनका बिभिन्न भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने बताउनुभयो । बुधबार नै मुख्यमन्त्री पौडेलले बिभिन्न निर्माणधिन भौतिक संरचनाहरुको समेत अवलोकन गर्नुभएको थियो ।
नबयुग डटकम बाट साभार
तस्बिर टिका प्रसाद दहालको फेसबुक बाट