कार्तिक १५ , हेटौडा
आज बिहान हेटौडा १५ रातोमाटे लच्कामा यात्रु वाहक बस दुर्घटना भएको छ । दुर्घटनामा हुँदा २१ जना घाइते भएका छन्। पुर्व पश्चिम राजमार्ग अन्तर्गत रातोमाटेमा वस सडकमा पल्टँदा २१ जना यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
काकडभिट्टाबाट लुम्बिनि तर्फ जाँदै गरेको ना ४ ख ५७०० नम्बरको मुुुुनाल यातायात प्रालिको यात्रु वाहक बस हेटौंडा १५ रातोमाटे लच्कामा दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएका हुन । बसको ब्रेक फेलभई अनियन्त्रित भएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ।
घाइते मध्ये १९ जना सामान्य उपचार पछी घर फर्किएका छन् भने २ जना भारतिय नागरिक ६० बर्षिय पेमा भेटे र ६४ बर्षिय छिरिन डोल्माको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। बस चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सेयर गर्नुहोस्