मकवानपुरे चेलिलाई एसीड प्रहार गर्ने केशरी साढे छ बर्षपछि कानुनि फन्दामा(भिडियो सहित)

हेटौंडा टुडे
१५ कार्तिक २०७६, शुक्रबार १५:२२

कार्तिक १५ हेटौडा

आज भन्दा साढे छ बर्ष पहिले हेटौँडाकी विन्दावासिनि कंसाकारलाई एसीड प्रहार गरि फरार भएका दिलीपराज केशरीलाई प्रहरीले  आज पक्राउ गरि सार्वजानिक गरेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ निवासि विन्दावासिनि कंशाकारलाई २०७० साल बैशाख ९ गते आफ्नो पसलमा बसिरहेको अबस्थामा दिलीपराज केशरी आई विवाहको प्रस्ताव कंशाकारलाई राख्दा कंशाकारले अस्विकार गरेको भन्दै केशरीले कंसाकारलाई एसिड प्रहार गरेका थिए । एसीड प्रहार गरी फरार भइ भारतमा लुकि छिपि वसेका केशरीलाई बारा प्रहरीले पक्राउ गर्न सफल भएको हो । जिल्ला प्रहरी कार्यालय बाराबाट पक्राउ गरि केशरीलाई  जिल्ला प्रहरी कार्यालय मकवापनुर ल्याई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

भारत महाराजगन्ज्ज अमरपूर्वन वडा नम्बर ६ वस्ने केशरी बारा  सिमरा उपमहानगरपालिका वडा नं.२३ भलोही स्थित लुकिछिपी बस्दै आईरहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*