करेन्ट लागेर हेटौंडामा एक युबक को मृत्यु

हेटौडा टुडे
१८ कार्तिक २०७६, सोमबार १७:५१

हेटौंडा,१८ कार्तिक

मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ पदमपोखरी बस्ने ३० वर्षीय रामबहादुर पौडेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमीत्त प्रहरी प्रमुख एज्ञ प्रसाद भटराईले जानकारी दिए ।

आजहेटौंडा–११ थानाभर्याङस्थित रहेको सीता होटलमा काम गरिरहेको बेला करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाईते भएका उनको उपचारका लागि चुरेहिल हस्पिटल ल्याउने क्रममा बाटैमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*