कार्तिक २२ , हेटौडा
आज हरिबोधनी एकादशी मकवानपुरको भीमफेदी गाउँपालिका १ स्थित त्रिखण्डेश्वर महादेव मन्दिरमा र मकवानपुर गढि गाउँपालिका २ स्थित ऐतिहासिक मकवानपुर गढि दरबारमा पनि आज मेला लाग्दै छ।
मेलाको समय हुने भिडभाडलाई व्यवस्थीत गर्न तथा अराजक खालको गतिबिधि हुन सक्ने भएकाले उक्त ठाउलाई व्यवस्थीत गर्न र मेलाका समयमा हुने घटनालाई मध्यनजर गर्दै प्रहरी निरीक्षक पवन कुमार झाको नेतृत्वमा ५० जनाको प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताएका छन्। त्यस्तै सवारि आवत जावतका लागि मेला अवधिमा हुने ट्राफिक जामालई व्यवस्थापनका लागि ८ जनाको ट्राफिक प्रहरी टोलि समेत खटाइएको मकवानपुर ट्राफिक प्रहरी प्रमुख हरि बिष्णु ढकालले बताएका छन् । यता हरेक वर्ष हरिबोधनी ठूलो एकादशीको दिनमा लाग्ने मेलामा मेला भर्न आउने भक्तजनहरुका लागि सुरक्षा व्यवस्था चुस्त राखिएको ईलाका प्रहरी कार्यालय मकवानपुर गढिले जनाएको छ ।
मेलाको दिनमा हेटौंडा बजारमा माछामासु विक्रीवितरण रोक लगाइएको त्रिखण्डी मेला व्यवस्थापन उपभोक्ता समिति अध्यक्ष रमेशकुमार थिङले बताएका छन ।