तिन जनाको अबस्था गम्भिर भरतपुर रिफर

रातोमाटेमा भएको दुर्घटना पछि आठ जना घर फर्किए , तिन जनाको अबस्था गम्भिर भरतपुर रिफर

हेटौंडा टुडे
२४ कार्तिक २०७६, आईतवार २१:२४

कार्तिक २४ हेटौडा,

मकवानपुरको हेटौंडा उपमहानरपालिका वडा नंबर ११ रातोमाटेमा ट्यांकरले बस र सुमोलाई ठक्कर दिदाँ आज ११ जना घाइते भएका थिए ।

अमलेखगञ्जबाट इन्धन बोकेर हेटौंडातर्फ आईरहेको लु १ ख ६५८२ नंबरको टयांकरले ना ४ ख ४३५१ को बस र ना १ ज ६२४४ नंबरको सुमोलाई ठक्कर दिएर अनियन्त्रित भई खोल्सामा पल्टिएको थियो।

घाईते हुनेमा बाराको जितपुर सिमरा उपमहारपालिका वडा नम्बर १ की ३२ वर्षकी भावना थापा,  ३६ वर्षकी रेनू देवी मगर,  ६ वर्षका पियासु भोम्जन,  २७ वषकी सुशिला स्याङतान , २७ वर्षकी पवित्रा भोम्जन,  २३ वर्षका रुदेल थापा,  ५० वर्षकी लिला स्यांतान ,  २० वर्षकी ज्योति घिसिङ,  ४ वर्षका पिगेश भोम्जन,  र सोही स्थानकी २५ वर्षिय विमला स्याङबो घाइते भएका थिए । घाइते मध्ये आठ जना  हेटौंडा अस्पतालमा सामान्य उपचार  पछि घर फर्किएका छन भने बाकि तिन जना अवस्था गम्भिर भएकाले भरतपुर रिफर गरिएको छ । रिफर हुनेमा ५० वर्षकी लिला स्यांतान , ६ वर्षका पियासु भोम्जन र २७ वषकी सुशिला स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*