हेटौँडा निवासी सापाकोटा दम्पतीको मृत्यु

हेटौडा टुडे
२६ कार्तिक २०७६, मंगलवार ११:५८

हेटौंडा,२६ कार्तिक,

गत कार्तिक २४ गते बाराको अमलेखगंजमा भएको मोटरसाईकल दुर्घटनामापरि हेटौंडा उपमहानगरपालिका वडा नबर ४ का उदयराज सापकोटाको ज्यान गएको ३ दिनपछि उनको घाईते भएकी उनको श्रीमतीको पनि उपचारको क्रममा मृत्यु भएको छ ।

बसको ठक्कर बाट घाईते भएकी सापकोटाकी श्रीमती दुर्गा सापकोटाको उपचारको क्रममा मृत्यु भएको हो । बाराबाट हेटौँडा आउँदै गरेको ना ७ ख २०२ नंबरको बसले सापकोटा दम्पती सबार ना ६४ प ६४४१ नंबरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भिर घाईते भएका सापकोटाको सोहि दिन नारायणी उपक्षेत्रीय अस्पताल विरगञ्जान मृत्यु भएको हो थियो भने गम्भिर घाईते दुर्गाको आज मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*