बस्तीपुर बजार आसपासमा पनि सि. सि. क्यामरा जडान

हेटौडा टुडे
२६ कार्तिक २०७६, मंगलवार २१:२४

 

कार्तिक २६ ,हेटौडा

मकवानपुरको बस्तिपुर बजार आसपासमा क्षेत्रहरूमा जडान गरिएको सि सि क्यामराको आज मंगलबार हेटौंडा उपमहानगरपालिका १९ को वडा कार्यालयमा उद्घाटन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि हेटौडा उपमहानगरपालिकाका मेयर हरी बहादुर महतले सि सि क्यामराको उद्घाटन गरेका हुन । त्यस्तै कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंह ,सस्त्रप्रहरी १४ गणका प्रमुख एसपी विकाश घिमिरे, हे.उ.म.न.पा. वडा नं. १९ का वडा अध्यक्ष नरनाथ सुवेदी, हे.उ.म.न.पा. वडा नं ३ नं. वडाका वडा अध्यक्ष राम कुमार पुडासैनी,  जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्र. नि. हरि विष्णु ढकाल, समाजसेवी ईश्वर मैनाली, वस्तिपुर पुल्चोक टोल विकास संस्थाका अध्यक्ष अन्जु पण्डित लगाएतकाको कार्यक्रममा उपस्थिति रहेको थियो ।

साथै, उक्त स्थानहरुमा सी.सी.टी.भी. को सुरक्षाको निम्ति २४ सै घण्टा २ जना प्रहरी परिचालन सहित मनिटरिङको जिम्मा जिल्ला प्रहरी कार्यालयको मातहत ई. प्र. का. नेवारपानीलाई जिम्मा दिईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*