
कार्तिक २७ , हेटौडा
मकवानपुर गढि गाउपालिका वडा नम्बर ४ मा युवा सेवा नेपाल युसेस को आयोजनामा घुम्ती स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
स्थानिय संयोजककको रुपमा सिर्जनसिल समाज बचत तथा ऋण सहकारि संस्था लि ले संयोजन गरेको थियो त्यस्तै युनिलिभर नेपालको साझेदारिमा वडा ४ मा रहेको स्वास्थ्य चौकीमा बुधबार स्वास्थ्य शिविर गरिएको हो ।
युसेस मकवानपुरले हरेक महिना दुई पटक विभिन्न स्थानमा सामुदायिक घुम्ती शिविर क्लिनिक सेवा दिइने आईरहेको जानकारि गराउदै यो पटक चै मकवानपुर गढि गाउपालिका वडा नम्बर ४ मा शिविर सञ्चालन गरिएको युसेसका अध्यक्ष बुद्धशरण लामाले बताए
शिविरमा प्रजनन स्वास्थ्यको परिक्षण र दाँत परिक्षण गरिएको उनले बताए । दन्त परिक्षणमा डा अरिफ करिम र महिला स्वास्थ्यमा डा सन्ध्या अधिकारीले सेवा प्रदान गरेको थिए । उक्त शिविरमा ८९ जनाले स्वास्थ्य लाभ लिएका छन् । जसमा २३ जनाले दातको उपचार गरेका छन । शिविरमा धेरै जसो महिलाहरुको उपस्थिति रहेको थियो संगै महिलाको प्रजनन , यौन रोग र पाठेघरको चेकजाचहरु गरिएको थियो । शिविरमा औषधी निशुल्क वितरण समेत गरिएको थियो ।

