ट्राफिक कार्यालय हेटौडाले गत्यो ८७ जना चालकको निशुल्क स्वास्थ्य परिक्षण

हेटौडा टुडे
२७ कार्तिक २०७६, बुधबार २१:३९

कार्तिक २७ , हेटौडा

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी चालकहरुको लागि निः शुल्क स्वास्थ्य परिक्षण तथा आँखा परिक्षण कार्यक्रम बुधबार गरेको छ ।

सामुदायिक आँखा अस्पताल र हेटौंडा अस्पतालको सहकार्यमा सन्चालित शिविरमा सवारी दुर्घटना न्युनिकरण गर्न मद्धत पुग्ने उद्धेश्यका साथ सवारी  चालकहरुको उक्त स्वास्थ्य चेक जाँच तथा दृष्टी परिक्षण गरिएको थियो । शिविरमा ८७ जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।

ट्राफिक प्रहरी कार्यालय हेटौडा ११ को परिसरमा आयोजित कार्यक्रममा ट्रक चालक २५ जना, बस चालक २० जना, जिप तथा म्याजिक चालक २४ जना, अटो तथा मयुरी चालक २५ जना र ट्याक्टर चालक १ जना गरि ८७ जनाले स्वास्थ्य परिक्षण गराएको थिए ।

आज गरिएको उक्त स्वास्थ्य परिक्षणमा अधिकाशं चालकहरमा रक्तचापको समस्या  ६ जनामा कलर डिफेक्ट र ७ जनामा दृष्टी दोषको समस्या देखिएको ट्राफिक प्रहरी प्रमुख हरि विष्णु ढकालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*