हेटौँडा,२८ कार्तिक,
जिल्लाकै सरकारी अस्पताल हेटौंडा अस्पतालको भौतिक सँरचनाको कुरा गर्दा सार्है निन्दनिय अबस्था छ । शौच गर्न शौचालय जाँदा भित्र बसेर गित गाएर शौच गर्नुपर्ने या त बाहिर एक जनाले कुर्नु पर्ने समस्या छ । ।
सेवा लिन पुगेका सेवाग्राही मोहन कुमारि देबकोटाले हेटौंडा टुडे लाई जानकारि दिनुभयो जानकारी पाएपछि हेटौडा टुडे टिम त्यहाँ पुग्दा भौतिक संरचनाको सदुपयोग हुन सकेको छैन शौचालय छ तर ढोका मा चुकुल नमिलाई कन चुकुल नलाग्ने गरि ठोकेको अबस्थामा छ । शौचालयमा पानी छैन शौचालयमा शौच गर्न जादा भित्र हेर्न नसकिने अबस्था छ। ओपिडि छोउमा रहेको शौचालयमा छेउमा गइसक्नु छैन । कतै त्यहि लडेर झन घाईते हुने होकि भन्ने डर झन सेवाग्राहि हरुलाई छ । । जिल्लाकै सरकारी अस्पतालको यस्तो ताल देख्दा बिरामि कुर्न बस्नी झन बिरामि भएर घर फर्कन पर्ने अबस्था छ । छिटै त्यसतिर पनि अस्पताल प्रशासनको धन्याकर्षणहोस र सेवाग्राही लाई सहज बाताबरण होस।
आज भन्दा आगाडी पनि रिपोर्ट बार बार मिडियामा आईरहदा पनि अझै पनि समस्याको समाधान हुन सकेको छैन । जिल्ला भरि बाट सेवा लिन सेवाग्राही अर्थात बिरामि त्यस अस्पताल आउने गर्दछन तर अझैसम्म पनि साधारण औषधि लिन मेडिकल धाउनुपर्नी अबस्था छ र आयका सेवाग्राही घन्टौ सम्म लाइन बसेर सेवा लिन बाद्य छन् र कतिपय सेवाग्राही दिनभरि लाइन बसेर फर्कन बाद्य छन् ।
यस बिषयमा कुराकानि गर्दा हेटोडा अस्पतालका अध्यक्ष प्रकाश पौडेलले समस्या निराकरण तत्कालै गर्ने बताएका छन । हेरौ कार्यन्वयन कहिले सस्म हुन्छ त्यो भने हेर्न बाकि नै छ ।























