कहिले तिर्छ शिवम् सिमेन्टले सवा अर्ब बिधुत महशुल

हेटौडा टुडे
२८ कार्तिक २०७६, बिहीबार २०:२९

कार्तिक २८ , हेटौडा

मकवानपुरको हटीयामा अबस्थित शिवम् सिमेन्ट उद्योग लिमिटेडले ठूलो मात्रामा विद्युत महशुल तिर्न बाँकी रहेको छ । लामो समयदेखि महशुल नबुझाएको शिवम् सिमेन्ट उद्योगले मात्रै १ अर्ब २९ करोड ३६ लाख ४९ हजार दुईसय ५८ रुपैयाँ महशुल तिर्न बाँकी रहेको नेपाल विद्युत प्राधिकरण हेटौंडा शाखाले जनाएको छ ।

हेटौंडा शाखाले उठाउनुपर्ने बक्यौता रकम मध्ये सबैभन्दा बढी शिवम् सिमेन्टबाट रहेको प्राधिकरणका लेखापाल उमानाथ रेग्मीले जानकारी दिए । चालु आर्थिक वर्षको १७ गतेसम्म प्राधिकरणले आफ्नो ग्राहकसँग एक अर्ब ३२ करोड ६५ लाख ९७ हजार ६५ रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको उनले जानकारी दिए ।

ठूलो मात्रामा विद्युतको महसुल नबुझाउने शिवम् सिमेन्टलाई कालो सूचीमा राख्ने तयारीमा प्राधिकरण रहेको जनाइएको छ । लामो समय सम्म विद्युतको महसुल नबुझाउँनेहरुलाई कालो सुचिमा राखेर बक्यौता उठाउँने कामलाई तिब्रता दिएको कार्यलयले जनाएको छ । बजारमा देखिएको बक्यौता उठाउँन आफुहरु लागी परेको बताउँदै रेग्मीले भने ‘महसुल नतिर्नेहरुको लाईन काट्छौ ’ प्राधिकरणले ताकेता गर्दा समेत विद्युत महसुल नबुझाएको भन्दै बक्यौता उठाउँन बाँकी रहेको विद्युत काटिएको उनले बताए ।

नबयुग डटकमबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*