चर्को शुल्क लिएको भन्दै स्ववियुले गर्‍यो मकवानपुर क्याम्पसलाई ध्यानाकर्षण

हेटौडा टुडे
२८ कार्तिक २०७६, बिहीबार २१:५३

शैक्षिकसत्र २०७६/७७ को लागि कक्षा ११ को रजिस्ट्रेसन फारम भर्दा बढी शुल्क लिएको भन्दै स्वतन्त्र विधार्थी युनियन मकवानपुरले क्याम्पस प्रशासनलाई गम्भीर ध्यानाकर्षण गराएको छ ।

फारम शुल्क ४०० रुपैयाँ लिनु पर्नेमा ५०० लिएको र डबल दस्तुर ८०० रुपैयाँ लिनुपर्नेमा १००० लिएको भन्दै ध्यानाकर्षण गराएको हो ।

आज प्रेस विज्ञप्ति जारी गर्दै स्ववियुले विद्यार्थिबाट लिएको बढी रकम तत्काल फिर्ता गर्न माग गरेको छ । साथै यस्तो गैर जिम्मेवार कार्यमा संलग्न हुनेलाइ छानबिन गरि कार्वाहीको दायरामा ल्याउन स्ववियुले जोडदार माग गरेको छ ।

मकवानपुर क्याम्पसका सम्पुर्ण विधार्थीको समस्या समाधान गर्न जस्तो सुकै परिस्थितिको डटेर सामना गर्ने विज्ञप्तिमा जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*