
कार्तिक ३० , हेटौंडा
हेटौंडा १ चौकीटोल तिरतिरे धारा नजिकै दुई सुमो एक आपसमा ठोक्किदा ५ जना घाइते भएका छन् ।
काठमाडौंबाट हेटौंडा आउँदै गरेको ना १ ज २०९४ नम्बरको सुमो र विपरित दिशाबाट गईरहेको ना १ ज ६४१३ नम्बरको सुमो एक आपसमा ठक्कर खादा दुर्घटना भएको हो ।
दुर्घटनामा परि घाईते हुनेमा ना १ ज ६४१३ का चालक खोटाड जिल्ला निवासि सेर बहादुर मगर उक्त गाडिमा सवार दोलखा जिरि नगरपालिका ४ निवासि पेमा याग्रिंं शेर्पा र दोरगेन लोन शेर्पा रहेका छन त्यस्तै ना १ ज २०९४ नम्बरको सुमोमा सवार हेटोडा १५ रातोमाटे निवासि ३० बर्षिय अमृता गोले र उनकि ८ महिने बालिका जेसिका गोले रहेको जिल्ला प्रहरि कार्यलय मकवापुरले जनाईएको छ । घाइतेहरुलाई अहिले हेटौंडा अस्पताल उपचार भईरहेको प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस्