घुम्ती स्वास्थ्य शिवीरमा लिए ११२ जनाले स्वास्थ्य लाभ

हेटौंडा टुडे
३० कार्तिक २०७६, शनिबार १८:३५

कार्तिक ३० , हेटौडा

युसेस मकवानपुरको आयोजना तथा युनिलिभर नेपाल लिमिटेडको साझेदारीमा हेटौंडा उपमहानगर पालिका वडा न.  १३ अन्तर्गत पदमपोखरी ठुलो थली स्थित कालिका निमाबी को प्राङ्गणमा निशुल्क घुम्ती स्वास्थ्य शिवीर सम्पन्न भएको छ । सिबिरमा ११२ जनाले स्बास्थ लाभ लिएका छन ।

सिबिरमा ६ बर्ष देखि १५  बर्ष सम्म्को बालबालिका किशोर किशोरी  बर्ष  २१ देखि ४९  बर्ष सम्मको महिला पुरुष लगाएत ७३ बर्ष को बृद्धहरु समेत सहभागिता रहेको थियो ।

विशेष गरि दात सम्बन्धि समस्या भएकाहरुको लागि चिकित्सक डाक्टर नागेन्द्र सिंह र असिस्टेन्ट बबिता साहले स्वास्थ्य परिक्षण गर्नू भएको थियो । उक्त स्वास्थ्य शिबिरमा ४२ जनाको किराले खाएको दात र बिग्रेको दातहरु झिकेर फालेको थियो भने अन्य समस्या हुनेहरुको लागि फिजिसियन डाक्टर सन्ध्या अधिकारीले सेवा लिन आउने सेवाग्राहीहरुको स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।

युसेसको अध्यक्ष बुद्ध सरण लामाको सयोजकत्वमा संचालित घुम्ती स्वास्थ्य शिवीरमा कार्यक्रमको प्रमुख अथिती को रुपमा १३ न व डा अध्यक्ष मनोज वाइबा त्यस्तै अथितीको रुपमा टोल विकास वडा समन्वय समितिका अध्यक्ष राम बहादुर वाइबा र सक्रिय टोल विकास सस्था को अध्यक्ष सङ्गिता लामा रहनु भएको थियो भने गणेश चालिसेले सिबिरको ब्यबस्थापन  गर्नु भएको थियो । स्वास्थ परिक्षण पश्चात् बिरामिहरुलाइ निस्शुल्क औषधि बितरण गरिएको गरिएको युसेसका अध्यक्ष बुद्धशरण लामाले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*