बाग्मतिमा नेकपा र राप्रपाबाट २५ जना कांग्रेस प्रवेश

हेटौंडा टुडे
७ मंसिर २०७६, शनिबार २०:४३

७ मंसिर, हेटौँडा

मकवानपुरको बाग्मति गाउँपालिका वडा नम्बर ५ कटुसपानीमा नेकपा र राप्रपा परित्या गरी २५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस बाग्मति ५ नम्बर वडा इकाईको आयोजनामा भएको कार्यक्रममा २५ जना कांग्रेस प्रवेश गरेका हुन् ।
भेलाले नवप्रवेशीहरु मध्येबाटै टोल इकाई समिति समेत गठन गरेको छ । समितिको सभापतिमा लालबहादुर दोङ, सचिवमा सुदिप दोङ, कोषध्यक्षमा बीरबहादुर दोङ, सदस्यहरुमा अमृत मोक्तान, मलिन दोङ, नविन दोङ, सन्तबहादुर दोङ, सोनाम स्यांतान र विरबहादुर मोक्तान लगायत रहेका छन् । त्यस्तै टोल इकाई समितिको सल्लाकारहरुमा प्रेमबहादुर दोङ, पृथ्वी दोङ, निमा दोङ, दुर्गाबहादुर दोङ, यागर दोङ रहेका छन् ।
कांग्रेस नेता केदार थापाको सभाध्यक्षतामा एवं नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ प्रदेशसभा (ख) सभापति डिल्लीप्रसाद घोरासैनीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा शिक्षक नेता शंकरकुमार पराजुली, तरुण नेता पंकज थापा मगर लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*